Logo

रेम्डेसिभिर औषधीबाट ट्रम्पको कोरोना उपचार



एजेन्सी, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प कोरोना भाइरसको संक्रमित भई अस्पताल भर्ना भएका छन् । सैनिक अस्पताल भर्ना गरिएका उनीहरुलाई रेम्डेसिभिर नामको औषधीबाट उपचार भइरहेको छ ।

ह्वाइट हाउसका डाक्टरले ट्रम्पको उपचार रेम्डेसिभिरबाट भइरहेको जनाएका हुन् । यसअघि ट्रम्प प्रशासनले यसको प्रयोग कोरोनाविरुद्धको आकस्मिक उपचारको अनुमति दिएको थियो । विभिन्न आलोचनाका बाबजुद उनले यसको प्रयोगको अनुमति दिएका थिए ।

७४ वर्षीय ट्रम्प कोरोना संक्रमित भएपछि उनी आइशोलेशनमा बसेका थिए । शुक्रबार उनको कोरोना पुष्टि भएको थियो ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot