एजेन्सी, १७ असोज । अनलाइन कक्षा लिइरहँदा एकजना विद्यार्थीमाथि चितुवाले आक्रमण गरेको छ । खुल्ला स्थानमा साथीहरुसँग अनलाइन कक्षा लिइरहेका ती विद्यार्थीलाई चितुवाले आक्रमण गरेको हो ।
यो घटना भारतको गुजरातको हो । तडी जिल्लाको खपाटिया गाउँमा १९ वर्षीय विद्यार्थीमाथि आक्रमण भएको हो । बुधबार भएको घटनामा ती विद्यार्थी साथीहरुसँग इन्टरनेटको पहुँच भएको स्थानमा पुगेका थिए । अनलाइन कक्षा लिइरहेका गोविन्द गमित हरेक दिन अनलाइन कक्षाका लागि पुग्थे ।
गोविन्द आफ्ना साथी भविन गमितसँग अनलाइन कक्षा लिइरहँदा चितुवाले हातमा समातेर खुट्टामा समेत दाँत गाडिसकेको थियो । त्यसपछि भविन तत्काल गाउँलेलाई गुहार्न पुगे । गाउँले आएपछि चितुवा भागेर नजिकैको झाडीमा पुगेको थियो । यो खबर इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ ।-फाइल तस्वीर