एजेन्सी, १८ असोज । २२ जुलाई सन् २०१७ मा दोस्रो विश्वयुद्धका पीडितको सम्झनाको दिन थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पानीमा भिज्दै उभिएर विश्वयुद्धका पीडितप्रति सम्मान प्रदान गरे । उनले छाता समेत नओढी सम्मान दिएकोप्रति चासो भयो ।
केही दिनपछि उनलाई किन छाता नओढी सम्मान प्रदान गरेको भनी सोधियो । पुटिनले युद्धलाई रगत र मृत्यु मात्र नभई पीडा नै पीडा भएको उल्लेख गरे । सैनिकहरु रात दिन, गर्मी जाडो नभनी लड्ने गरेको उल्लेख गरे । जस्तोसुकै परिस्थितिमा पनि सैनिकले लड्ने गरेको स्मरण गराए ।
यसरी लडेका सैनिकहरुको सम्झना गर्दै उनले भने,’ म चिनीबाट बनेको होइन पग्लिहाल्ने ।’