Logo

एक बच्चाको आमाको अर्को महिलासँग बस्यो माया



हामीले आजसम्म एक विवाहित महिलाको अन्य पुरुषसँग विवाह गरेको वा माया बसेको थाहा पाएका छौ । तर, आज हामी यो भन्दा फरक तर सुन्न डर लाग्ने सम्बन्धको बारेमा चर्चा गर्छौ ।

केहि वर्ष अगाडी जोय ट्रिपलेट र क्रिस्टल ट्रिपलेट विवाह बन्धनमा बाधिएका थिए । जोयको उमेर ३७ र क्रिस्टलको उमेर ३५ वर्ष थियो । दुवैको वैवाहिक सम्बन्ध शानदार तरीकाले चलेको थियो, तर अचानक यस्तो भयो दुवैको जिन्दगीमा ठुलो परिर्वतन आयो ।

एक दिन क्रिस्ट क्लबको मिटिङमा गएकी थिइन्, जहाँ उनको दिल एक महिलामाथि गयो । नजर मात्र नगएर उनले ती महिलासँग माया गर्न थालिन् । क्रिस्टलले आफ्नो नयाँ मायाको बारेमा जोयलाई सबैकुरा बताइदिइन् । हैरान र दुखी भएर पनि जोयले क्रिस्टलको सम्बन्धलाई स्विकार गरे । तर यतिमा मात्र यो घटना सिमित हुने थिएन् । विस्तारै विस्तारै जोयको पनि ती नयाँ महिलासँग माया बस्न थाल्यो । तीनै जना पति पत्नी एकै घरमा बस्न थाले ।

जोय र क्रिस्टलको घर अमेरिकाको सेसिलमा थियो, जहाँ तीनैजना बस्न थाले । तर क्रिस्टललाई भने आफ्नो पतिको श्रीमतीको रुपमा जेमीलाई देख्नु मुस्किल भएपनि विस्तारै विस्तारै सबै ठिक हुँदै गयो । जोय र क्रिस्टलको एक ८ वर्षका छोरा छन् र उनले पनि जेमीलाई आमा भनेर बोलाउन थालेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्