सामान्यतया बच्चाहरु बिना दातको साथमा जन्मेका हुन्छन् । बच्चाहरु करीब ६ महिना पुगेपछि उनीहरुको दाँत उम्रन सुरु हुन्छ । तर एक बच्चा जन्मदैमा सात दाँत सहित जन्मेका छन् । भारतको गुजरातमा एक महिलाले एक बच्चाको जन्म दिएकी हुन् । बच्चाको जन्म सामान्य तरिकाले भएको थियो, तर सात दाँत सहित जन्मनु चाहिँ निकै अनौठो कुरा हो ।
अहमवादमा बस्ने शर्मा परिवारको घरमा बच्चा जन्मिएसँगै खुशी त आयो तर अन्यौलता पनि सँगै ल्यायो । जब बच्चाको जन्म भयो तब सबै सामान्य थियो, अरु बच्चा झै त्यो बच्चा रुन लाग्यो, र उनको मुखमा सबैले हेर्न थाले । बच्चाको सातवटा दाँत देखेर सबै छक्क परे । डाक्टरले पनि यो विश्वको पहिलो घटना भएको बताएका छन् । बच्चाहरुले १, २ वटा दाँत त लिएर जन्मेका यो भन्दा पहिला पनि थिए तर, सात वटा चाँही पहिलो पटक भएको जानकारी दिएका छन् ।
सातवटा दाँत भएका कारण बच्चालाई दुध चुसाउन पनि आमालाई मुश्किल भएको छ । दाँतहरु निकै कमजोर र सबै हल्लिइरहेका छन् । दाँत आफै टुक्रिएर पेट जान सक्ने खतरा पनि त्यत्तिकै रहेको हुँदा बच्चाका अभिभावकले डेन्टिससँग सल्लाह गरेर दाँत निकाल्ने फैसला गरे । सर्जरी गरेर बच्चाको दाँत निकाल्दा बालक जम्मा एक महिनाका थिए । हाल उनी पुर्णरुपमा स्वस्थ्य छन् । एजेन्सी