Logo

१४ वर्षको किशोर पाइलट



क्षमतावान् बच्चाहरुको सँसारमा कमी छैन । केही विद्यार्थीहरुको सामान्य ज्ञान राम्रो भएको कारण सानो उमेरमा नै धेरै पढेका हुन्छन् । संयुक्त अरब अमिरेट्समा बस्ने १४ वर्षीय भारतीय मूलका एक किशोर मंसुर अनीश यस्तो गरेका छन् जसले सबैलाई एकछिन सोच्न बाध्य बनाएका छन् । वास्तवमा मंसुर अनीसले १५२ एयरक्राफ्ट नामको फ्लाइट करबि १० मिनेटसम्म उडाएका थिए । उनी कुनै अनुभवी पाइलट भन्दा कम लागेका थिएनन् ।

त्यति सानो उमेरमा एयर क्राफ्ट आकाशमा उडाउनु चानचुने कुरा होइन्, तर उनले उडाएर देखाए । मंसुरले विद्यार्थी पाइलटको परमिट प्राप्त गरेका छन् । मंसुरलाई एविएशनले फ्लाइट अकादमीको सर्टिफिकेट दिएको हो । पाइलटको सर्टिफिकेट दिनु भन्दा पहिला उनले केही प्रकारका फ्लाइटका जाँच दिएका थिए । जसमा उनी पास भएका हुन् । पाइलट सर्टिफिकेट विद्यार्थीलाई पनि दिइन्छ, तर कर्मसियल विमान उडाउने इजाजत भने दिइदैन् ।

मंसुरका पिता अली अनीस नागपुरमा बस्ने गर्छन् । मसुंरको काका पाइलट हुन् । काकाको अनुसार भतिज मंसुर सानै देखि पाइलट बन्न चाहान्थे । उनले सानैमा खेलौना पनि प्लेन वा हेलिकप्टर चाहान्थे । मसुंरले १५ वर्षमा पाइलट बन्नेको रेर्कड तोडेका छन् । हालसम्म जर्मनीका पाइलट सबैभन्दा कम उमेरका पाइलट थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्