Logo

१२० पत्नीका यी पति



धेरै देशहरुमा कानुनी झन्झटले गर्दा केवल एक पुरुषले एक पत्नी मात्र राख्छन्, तर थाईल्यान्डका एक ५८ वर्षका व्यक्तिले १२० वटा विवाह गरेर दुनियाँलाई आश्चर्यचकित बनाएका छन् । थाइल्यान्डको नायोक प्रान्तमा बस्ने तम्बजले कुल एक सय २० जनालाई विवाह गरेका छन् । तन्कज नायोक प्रान्तको फ्रामनी जिल्लाका प्रमुख हुन् ।

थाइल्यान्डमा बहुविवाह प्रतिबन्धित छ । यति हुँदा पनि तम्बनले अबैध तरिकाले एक भन्दा धेरै विवाह गरेका हुन् । तम्बनले कुनै महिलासँग विवाह गर्नु अगडि नै आफ्ना श्रीमतीलाई विवाहको बारेमा कुरा गरेका हु्न्छन् । पत्नीलाई मात्र नभएर आफ्ना आमा बाबुलाई पनि पहिले नै जानकारी दिदै आएका छन् । सबैलाई जानकारी दिएपछि पुरै रिवाज र परम्पराको साथमा विवाह गर्ने गरेका छन् । तम्बनले भर्खर मात्र फोन नाम गरेकी महिलासँग विवाह गरेका छन् । फोनको उमेर २७ वर्षको भयो ।

तम्बनको पहिलो विवाह १७ वर्षको उमेरमा भएको थियो । पहिलो पत्नीबाट उनको तीन बच्चा पनि छन् । तम्बनले धेरै विवाह गर्नुको कारण आफ्नो कन्ट्रक्शन बिजनेस शुरु गरेपछि धेरै महिलासँग भेटेको बताएका छन् । भेटेका मध्येमा धेरै जवान र सुन्दर महिलाहरु सँग विवाह गर्थे । उनको जताँ कन्ट्रक्सन साइट हुन्थ्यो त्यहि एउटा विवाह गर्थे । उनलाई धेरै पत्नी हुँदा पनि कुनै गाह्रो नभएको जानकारी दिएका छन् ।

वर्तमान समयमा एक सय २० पत्नी र २८ जना बच्चाहरु छन् । तम्बनले आफ्नो परिवारको सबै आवश्यकता पुरा गरीरहेको बताएका छन् । धेरै पत्नीलाई त छुट्टै घर बनाएर पनि राखेका छन् । तर आज सम्म कुनै पनि पत्नीले उनले गरेका पछिल्ला विवाहलाई विरोध गरेका छैनन् । उनको विरुद्धमा प्रहरीकोमा कुनै पत्नीले उजुरी पनि दिएका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्