Logo

बैंकको ऋण तिर्नबाट बच्न यी महिलाले यति सम्म गरिन्



सामान्यतया ऋणबाट बच्नको लागि मानिसले कतै गएर लुकेको थाहा पाएका छौ, वा ऋणीबाट केही टाढा जान्छन् । तर चीनको संघाईमा ऋण बाट बच्न एक महिलाले यस्तो गरेकी छिन्, जसलाई सुनेर  हैरान हुनु हुनेछ । चीनको वुहानमा बस्ने एक महिलाले ऋणबाट बच्न र प्रहरीबाट जोगिन अनुहारमा प्लास्टिक सर्जरी गरेकी छिन् । जसको कारण मानिसको साथमा प्रहरी पनि हैरान भएको छ ।

वास्तवमा संघाईको वुहानमा महिलाको २५ मिलियन युआन अर्थात ३.७१ मिलियन डलर ऋण थियो । एक स्थानिय अदालतले महिलालाई ऋण तिर्न आदेश जारी गरेको थियो । यसैबीचमा ऋण फिर्ता नगर्न अनुहारमा प्लास्टिक सर्जरी गराएर वुहान छाडेर शेन्जेन गएकी हुन् ।

उनी शहरै छाडेर गएको प्रहरीले थाहा पायो र समात्यो । प्रहरीको अनुसार उनको उमेर ५९ वर्षको भएको छ । ३० वर्षदेखि वुहानमा देखिएकी थिइन् । तर पछि अनुहारमा प्लास्टिक सर्जरी गरेपछि अलग देखिएकोले प्रहरीलाई महिलाको वास्तविक पहिचान गर्न गाह्रो भएको थियो ।

ती महिलाले आफ्नो बैंक कार्डको प्रयोग गरेर सर्जरी गरेकी थिइन् । चीनमा कर्जा नतिर्ने सख्या बढेकोले सरकारले नै ऋण तिराउने अभियान चलाएको छ । ऋण नतिर्ने १८६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्