Logo

ब्राजीलको यी युवती विश्वकै अग्ली दुलही



सामान्यतया धेरै युवाहरुको इच्छा सुन्दर र अग्ली केटीसँग विवाह गर्ने हुन्छ । तर कोही युवाले पनि आफू भन्दा अग्लो केटी चाहिँ विवाह गर्न चाहँदैनन् । ब्राजीलमा २० वर्षकी एलिसैन विश्वको सबैभन्दा अग्ली दुलही बन्ने भएकी छिन् । उनको हाइट ६ फुट ८ इन्च रहेको छ । त्यसै पनि विश्वमा अग्ला मानिसहरुको कमी भने छैन्, तर सामान्यतया युवतीहरुको यति धेरै हाइट भने कमै मात्रामा देखिन्छ ।

एलिसैनी डा. क्रुज सिल्वा २० वर्षकी भइन् । उनको चाडैनै विवाह हुँदैछ । उनका पति पनि त्यत्तिनै अग्ला होलान भनेर सोचिरहनु भएको छ भने गलत हो । उनका हुनेवाला पति उनी जति अग्ला छैनन् । एलिसैनीका पति पेशाले कंन्ट्रक्सनमा काम गर्छन् । उनले पहिलो नजरमा नै एलिसैनीले मन पराएका थिए । फ्राकिनाल्डो हुनेवाला पत्नी भन्दा एक फुद्ध ४ इन्च होचा छन् । उनीहरुको प्रेम कथा निकै रोचक छ । दुवैजना करीब ३ वर्षदेखि एक अर्कालाई चिन्ने भएकाले एक वर्षदेखि लिव इनमा रहदै आएका छन् । अब भने विवाह गर्ने निर्णय लिएका छन् ।

विवाह गरेपछि एलिसैनी विश्वको सबैभन्दा अग्ली दुलही बन्ने छिन् । एलिसैनीले आफ्नो विवाहको दिन पर्खिरहेकी छिन् उनले फ्राकिनालडो जस्तो जीवन साथी भेटिनु आफ्नो भाग्य राम्रो भएको बताएकी छिन् । वास्तवमा उनको हाइट बढ्नुको कारण ट्युमर हो । उनी पिट्युटरी ग्लान्डबाट पिडित छिन् । यसैको कारण उनको लगातार हाइट बढीरहेको थियो ।

उनको मोडलिंग गर्ने इच्छा भएपनि हाइट धेरै भएको कारणले पाएकी थिइनन् । धेरै हाइट भएकै कारण उनले धेरै समस्या भोग्नु प¥र्यो तर फ्राकिनालडो जस्तो धेरै माया गर्ने मानिस भेटिनु उनको लागि ठुलो कुरा हो । अब उनीहरुको प्रेम सम्बन्धमा हाइटले छेक्ने छैन् । अब तुरुन्तै विवाहमा बाधिदै छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्