Logo

झुठ पत्ता लगाउने सहि तरीका



प्राय मानिसलाई अन्दाजै हुँदैन कि कसैले झुट बोल्दैछ भनेर । झुठ बोेलेको थाहा पाएमा सम्भावित घटना र क्षतिबाट सजिलै जोगिन सक्छौ । तर यदि कोही मानिस हामी सँग झुठ बोल्दै छ भन्ने कुरा पत्ता लगाउने केही तरीकाको बारेमा आज हामी कुरा गर्दैछौ ।

यदि हामी सत्य कुरा बोलेर कसैलाई हानी हुन्छ भने त्यस्तो समयमा झुठो पनि बोल्नु पर्छ तर केही मानिस यस्ता पनि हुन्छन् जसले हरेक समयमा झुठको खेती मात्र गर्छन् । झुठलाई लिएर पनि मानिसहरुको प्रतिक्रिया फरक फरक प्रकारका दिएका छन् । कसैले झुठलाई सहनुहुँदैन र तत्काल प्रतिक्रिया दिनुपर्छ भन्छन् भने कसैलै सहेर बसिरहेका हुन्छन् । एक सर्वेका अनुसार सामान्य व्यक्ति दिनमा करीब ६ पटक झुठ बोल्छ । विशेषत्रहरुले उस्ले बोल्ने भाषा र मानिसको हाउभाउले पनि पत्ता लगाउन सकिन्छ भनेका छन् ।

  • सामान्यतया झुठ बोल्ने मानिसले आँखा जुधाँउन कोशिश गर्दैन वा धेरै नै आई कन्ट्याक गर्ने कोशिश गर्छ । यसकुरालाई लिएर कसैको झुठ पत्ता लगाउन सकिन्छ । कोहि मानिस आफ्नो झुठ लुकाउन आक्रामक हुने गर्छन् । सधै झुलाउने गर्छन् ।
  • कोही मानिस तपाइँप्रति इमान्दार छ वा छैनन् उसको बोल्ने भाषबाट नै पत्ता लाग्छ । उसले बोल्दै गर्दा एक प्रकारको असहजता देखिन्छ । यस्ता मानिसले कुनै समयमा तपाइँको साथ छाड्न सक्छन् ।
  • कयांैपटक जो मानिस झुठ बोल्छन् उनीहरुको परेला धेरै झिम्किन्छ । उसको हासो कम हुन्छ वा हात बाधेर कुरा गर्छ ।
  • कोही झुठ बोल्ने मानिस थोरै हलिन्छन् । झुठा बोल्ने मानिस प्राय अगाडी भएको मानिसको कुरालाई मात्र जवाफ दिने गर्छन् ।
  • झुठ बोल्ने मानिस आफैलाई सबैभन्दा पहिला रक्षात्मक तरिकाले प्रस्तुत हुन्छन् । निर्दोष व्यक्ति ढुक्क हुन्छ ।
  • कयौपटक अत्तालिने वा झुठ बोल्ने व्यक्तिले आफ्नो अनुहार कपालले छेक्छन् ।
  • यी तरीकाले कसैको झुठ पत्ता लगाउन धेरै प्रभाव पार्न सक्छ । किनकि सोधपुछको क्रममा धेरे मानिसहरुले यस्तै व्यवहार गर्ने गर्छन् । यदि मानिस झुठ बोलिरहेका छन् भने कुराको शिर्षक चाडै नै बदल्नु पर्छ । कुराको शिर्षक परिर्वतन गर्दा झठ व्यक्ति भित्र भित्रै निकै खुशी हुन्छ । यसरी पनि झुठ बोलेको थाहा पाउन सकिन्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्