Logo

महाभारतमा धृतराष्ट्र र सन्जयबीचको ७ रोचक संवाद



सन्जयको पिता गावल्यगण थिए । उनले महर्षि वेदव्यासबाट दिक्षा लिएर ब्राहणत्व ग्रहण गरेका थिए । बुनकरबाट ब्राहण बनेका थिए । वेदादी विद्या अध्ययन गरेर धृटराष्ट्रको राजसभामा सम्मानित मन्त्री बनेका थिए ।

१. जब कुरुक्षेत्रमा महाभारतको युद्ध प्रारम्भ हुनेवाला थियो, वेद व्यासजी धृतराष्ट्रको नजिक गए र उनले यो युद्ध रोक्न भने तब धृतराष्ट्रले म पनि चाहान्न ऋषिवर तर छोरो आफ्नो वशमा नभएको बताए । तब ऋषिले तिमीलाई दिव्य दृष्टि दिन्छु तिमै आफै सर्वनाश हेर्न सक भने । धृतराष्ट्रले सन्जयलाई दिव्यदृष्टि प्रदान गर्न आग्रह गरे ।

२. थोरै मानिसलाई मात्र थाहा छ सन्जयको बारेमा । गीताको सुरुवात सन्जय र धृतराष्ट्रको संवादबाट हुन्छ । हस्तिनापुर र कुरुक्षेत्र लगभग १४५ किमी टाढा छ । १८ दिनसम्म चलेको युद्धमा हरेक घटना सन्जयले धृतराष्ट्रले वर्णन गर्दथे । सन्जयले दिव्य दृष्टि पाएकोले युद्ध क्षेत्रको समस्त दृष्य महलमा बसेर देख्न सक्थे । नेत्रहिन धृतराष्ट्रले महाभारतका युद्ध प्रत्येक अंश सन्जयको वाणीबाट सुने । धृतराष्ट्रलाई सजिव वर्णन सुनाउनको लागि व्यासले सन्जयलाई दिव्य दृष्टि प्रदान गरेका थिए ।

३. सन्जय सुरुदेखि अन्तिम समयसम्म धृतराष्ट्रको साथमा थिए । महाभारतको युद्ध समाप्त भएपछि पनि उनले मार्गदर्शनको काम गरिरहे । आश्चर्यको कुरा धृतराष्ट्र आँखा देख्न सक्दैनथे भने सन्जयसँग दिव्य दृष्टि थियो ।

४.सन्जय श्रीकृष्णको भक्त थिए र धृतराष्ट्रबमे मन्त्री पनि थिए । दुवैचीजलाइृ सन्तुलनमा राखेर काम गरे । उनी स्पष्टवादिताको लागि प्रसिद्ध थिए । धृतराष्ट्रलाई सहि सल्लाह दिन्थे र शकुनीको कुटिलताको बारेमा सजग गराउथे । दुर्योधनद्वारा पाण्डव पुत्रलाई भएको असहिष्णुता व्यवहारप्रति धृतराष्ट्रलाई अवगत अवगत गराउँदै चेतावनी दिने गर्थे । उनी धृतराष्ट्रको संवाहक पनि थिए ।

५. भगवान श्रीकृष्णको मुखबाट गीतालाई अर्जुनले पछि सन्जयले सुनेका थिए । सन्जय श्रीकृष्ण र अर्जुनको साक्षी पनि हुन् । उनले महाभारतका सबै प्रमुख योद्धाहरुको धृतराष्ट्रसँग विस्तारमा वर्णन गरेका छन् । देवताको लागि दुर्लभ विश्वरुप तथा चर्तुभुज रुप दर्शन पनि अर्जुन र सन्जयले मात्र गरेका थिए ।

६.गीताको अन्तमा सन्जयले धृतराष्ट्रसँग भने, यस प्रकार मैले वासुदेव र महात्मा अर्जुनको विलक्षण तथा रोमाचकारी संवाद सुने । श्रीव्यासको कृपाले । उनले दिएको दृष्टिले गोपनीय योगको साक्षात योगेश्वर श्रीकृष्णले भनेको सबै सुने ।

७.महाभारत युद्धको पश्चात धेरै वर्षसम्म सन्जय युधिष्ठिरको राज्यमा बसे । त्यसपछि धृतराष्ट्र, गान्धारी र कुन्तीको साथमा उनले पनि सन्यास लिए । धृतराष्ट्रको मृत्युपछि हिमालयमा गएका सन्जय कहिल्यै फर्केनन् ।

वास्तवमा महाभारत युद्ध भएको १५ वर्षपछि धृतराष्ट्र, गान्धारी, सन्जय र कुन्ती वनमा गएका थिए । वनमा गएको ३ वर्षपछि धृतराष्ट्र स्नान गर्न गएको समयमा जंगलमा आगो लागि भयो । सबैजना धृतराष्ट्र नजिक आए । सन्जयले सबैलाई बाहिर आउन भने तर नेत्रहिन भएकाले धृतराष्ट्र निस्कन सकेनन् र तीनैजना आगोमा जलेर मरे । सन्जय हिमालयतीर लागे, जहा एक सन्यासी भएर बसे । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्

Screenshot