Logo

दशैंँमा पनि सुनसान छन् हल



काठमाडौै, कात्तिक ३ ।दशैंँ आएपछि चलचित्र क्षेत्रमा खुसियाली छाउने तथा नयाँ चलचित्र प्रदर्शन गर्ने होडबाजी नै चल्थ्यो तर यस वर्ष कोरोना महामारीले चलचित्र संसार ठप्प छ ।

दशैँको समयमा सबैको बिदा हुने कारण चलचित्र हेर्नेको सङ्ख्या उल्लेख्य हुने गरेको पाइथ्यो । यो वर्ष भने कोरोना भाइरसले चलचित्र उद्योग ठप्प छ ।

दशैंँमा हल सञ्चालनमा आए केही हदसम्म राहत मिल्ने अपेक्षा हल सञ्चालकहरूको थियो तर लामो बिदा हुने दशैँ पनि सुनसान हुँदा हल सञ्चालकहरूको अपेक्षा निराशामा बदलिएको छ ।

विगत सात महिनादेखि हल सञ्चालक करोडौँ घाटा बेहोर्न बाध्य भएको नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी बताउन्छन । उनले भने, पछिल्लो समय चलचित्र बक्स अफिस सङ्कलनमा लगातार घाटा बेहोरिरहेको चलचित्र उद्योगले दशैँ आएपछि केही राहत हुने थियो ।

आशा गरिएका चलचित्र पनि दर्शकले मन नपराएपछि चलचित्र उद्योग नै निराशामा परिणत भएको थियो । त्यसमाथि कोरोनाले सबैको जनजीवन नै ठप्प भएपछि चलचित्र उद्योग कसरी माथि उठाउने भन्ने प्रश्न आएको उहाँले बताउनुभयो ।

नयाँ वर्षसँगै तीज पर्वमा पनि चलचित्र प्रदर्शन हुन पाएन । चलचित्रले धेरै व्यापार गर्ने अर्को समय भनेको दशैंँ हो, उहाँले थप्नुभयो, दशैँमा हल सञ्चालक र निर्माताका लागि नै ठूलो राहत हुुन्थ्यो तर यस पटकको दशैँमा पनि चलचित्र क्षेत्र सुनसान नै हुने देखियो ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot