Logo

पूर्वराजा शाहलाई सूर्य थापाको सुझाव : ‘उहाँको एकमात्र सुपुत्र टुहुरोजस्तो भौतारिने स्थिति हुनुभएन’



काठमाडौ., ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदा संकटको बेला नेपाली जनता टुहुरा भएको र अब कसले अभिभावकत्व गहण गर्ने भनेर दिएको वक्तव्य नै गलत भएको बताएका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

‘गोप्य रुपमा भेट्ने, खुसामत गर्ने र षड्यन्त्रकारी योजनाहरुमा सामेल हुनेहरुले प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भन्न सुहाउँदैन्’ : सूर्य थापा

कुराकानीको क्रममा पत्रकार धमलाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदै संकटको बेला नेपाली जनता टुहुरा भएका छन अब कसले अभिभावकत्व ग्रहण गर्ने भन्नुभएको छ नि रु तपाईको प्रतिक्रिया के छ रु भनेर सोधेको प्रश्नमा थापाले भनेका छन्–‘उहाँलाई त्यो लाग्नु स्वभाविक हो । तर, जनताले के सोधिरहेका छन् भने उहाँका एकमात्र सुपुत्र पारश शाह खर्चविहीन भएर युट्युबहरुमा कुन हालतमा देखिनुभएको छ, पोखरामा, कहाँ, आफ्नो एकमात्र छोरालाई टुहुरो बन्न दिन भएन । उहाँको अभिभावकत्व ग्रहण गर्नुपर्यो । उहाँलाई हेरबिचार गर्नुपर्यो । उहाँलाई लालनपालन गर्नुपर्यो । उहाँको यो बेहाल अवस्था हुन भएन । यो टुहुरो जनता भए भन्ने तर बास्तवमा उहाँको एकमात्र सुपुत्र टुहुरोजस्तो भौतारिने स्थिति हुनुभएन । उहाँले गलत वक्तव्य दिनुभएको छ । सही कुरा चाहीँ यो हो भन्ने म जानकारी गराउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot