Logo

भारत र अमेरिकाका विदेश रक्षामन्त्रीहरुबीच एकसाथ भेट



एजेन्सी, ११ कात्तिक । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीहरुबीच एकसाथ भेटवार्ता भएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री मार्क इस्परका अलावा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकरबीच एकसाथ भेटवार्ता भएको हो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार हैदरावाद हाउसमा दुई पल्स दुई वार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका अलावा चीनको सुरक्षा खतराको मिलेर सामना गर्नेबारे कुराकानी भएको उल्लेख छ ।

टाइम्स अफ इन्डियाले पम्पिओले चीनलाई सुरक्षा र स्वतन्त्रताको खतरा भन्दै टिप्पणी गरेको उल्लेख गरेको छ ।

यसअघि पम्पिओ र इस्परले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटेका छन् । भेट साउथ ब्लकमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्