Logo

हातहतियार सहित पक्राउ



भोजपुर, १६ कात्तिक । विभिन्न हातहतियार सहित ३० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पौवादुम्मा गाउँपालिका–१ हिलेभन्ज्याङका मिलन राई विभिन्न हातहतियार सहित शनिबार दिउँसो पक्राउ परेका हुन् ।

उनको साथबाट १ थान भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, ३ सय ग्राम फलामको टुक्रा, १ थान केफ पट्का ५ वटा पोईन्ट भएको टुक्रा र १ थान लाईटर प्रहरीले बरामद गरेको जनाएको छ ।

जंगलमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot