Logo

रुकुमपूर्वको भूमेमा ४३ क्विन्टल लसुनको बीउ रोपियो



रुकुमपूर्व, २२ कात्तिक: रुकुमपूर्वको भूमे गाउँपालिकामा यस वर्ष ४३ क्विन्टलभन्दा बढी लसुनको बीउ रोपिएको छ । गाउँपालिकाको लसुन पकेट क्षेत्र ९ नं वडाको चुनवाङसहित गाउँपालिकाभर नै ४३ क्विन्टल ५० किलो लसुनको बीउ रोपिएको हो । गाउँपालिका र वडाले अनुदानमा वितरण गरेको लसुनको बीउ यतिबेला कृषकले रोपिसकेका छन् । यस वर्ष मात्रै गाउँपालिकाले १३ क्विन्टल ५० किलो र वडाहरुले ३० क्विन्टल लसुनको बीउ कृषकलाई अनुदानमा वितरण गरेका थिए ।

गाउँपालिकाभित्रका नौवटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा लसुनको बीउ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले बताए । यसबाहेक पनि कतिपय वडाले आफ्ना वडाका कृषकलाई आफैँ अनुदानमा लसुनको बीउ वितरण गरेका छन् । जिल्लामै पाइने लोक्कल लसुनभन्दा चाइनिज लसुन छिटो फल्ने भएकाले कृषकलाई चाइनिज जातको लसुनको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्