Logo

विष्फोटक पदार्थ सहित पक्राउ



बारा, २५ कात्तिक । विष्फोटक पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरास्थित ललका पुल नजिक सडकबाट ४० बण्डल नागिन पटाका, १ किलो ५ सय ग्राम विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ र ६ किलो ९ सय ग्राम सुहागा जस्तो देखिने सेतो पदार्थ सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा फेटा गाँउपालिका–१ त्रिवेणी बस्ने २८ वर्षीय लालबाबु दास र सोही ठाउँ बस्ने २७ वर्षीय कन्हैया दास रहेका छन् । वीरगंजबाट चितवनतर्फ जादै गरेको ना.७ ख ६०४१ नम्बरको बसलाई जाँच गर्दा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरुले बसको डिक्कीभित्र खुर्सानी भएको बोरामा राखी लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि विष्फोटक पदार्थ अन्तर्गत कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot