Logo

खतिवडालगायतको राजदूत नियुक्तिविरुद्धको रिटमा सरकारसँग लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतले डा. युवराज खतिवडालगायतको राजदूत नियुक्ति बदर गर्न माग गर्दै गरिएको रिटमाथि सुनुवाई गर्दै सरकारसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज सर्वोच्चले पूर्वमन्त्री डा. खतिवडा, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलगायतलाई राजदूत नियुक्त गर्दा मापदण्डविपरित भएको भनी परेको रिटमाथि सुनवाई गर्दै उक्त आदेश दिएको हो ।

सर्वोच्चमा परेको रिटमाथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए । उनीहरुले खतिवडालगायतका व्यक्तिहरुलाई राजदूत नियुक्तिमा मापदण्ड मिचिएको जिकिर गरेका थिए ।

अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त गरिएका खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत नियुक्तिमा सिफारिश गरेको थियो । मुख्यसचिवबाट केही दिन पदावधि रहँदै रेग्मीले राजीनामा दिएपछि उनलाई बेलायतका लागि राजदूत नियुक्त गरिएको थियो । रेग्मीको राजीनामाले शंकरदास वैरागीलाई मुख्यसचिव बन्ने बाटो खुलेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot