Logo

नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा 



काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा घेराबन्दी देखि पार्टी विधि र पद्धति नाघेको विषय उठ्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक अर्काको कार्यशैलीप्रति आलोचनासहितका एजेन्डाहरु प्रस्तुत हुने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा गुटबन्दी र आफ्नाविरुद्ध घेराबन्दीको विषय उठाउने भएका छन् । विशेषगरी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरी वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोद्धार्थ गरी ओलीले घेराबन्दीको विषय उठाएका छन् । यो विषयबारे ओलीले आजको बैठकमा थप व्याख्या गर्ने बुझिएको छ ।

प्रचण्डले भने पार्टी विधि पद्धति नाघेको, सरकारको निर्णयहरु पार्टीलाई बेवास्ता गरेर गरिएको विषय उठाउने भएका छन् । प्रचण्ड निकटस्थका अनुसार बैठकमा स्थायी कमिटी बैठकको विषय उठाइने भएको छ ।

माधवकुमार नेपालले पार्टी विधि र पद्धतिको विषय उठाउने भएका छन् । झलनाथ खनाल पनि पार्टी निर्णय अनुसार चल्नुपर्ने विषय उठाउँदैछन् । वामदेव गौतमले पनि आफू पार्टी पद्धति र विधिबाहिर नभएको र जुनसुकै पदमा पुगेको पनि त्यही अनुसार हुनुपर्ने विषय उठाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot