Logo

राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवासमा



काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र विवाद बढिरहेको बेलामा अध्यक्ष दाहाल शितलनिवास पुगेका हुन् । नेकपाको सचिवालय बैठक भोलि दिउँसो १ बजेलाई तय भएको छ ।

पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच दूरी बढेको छ । ओली पक्ष भने भोलिको सचिवालय बैठक सार्ने पक्षमा पुगेको छ । तर, दाहालसहित सचिवालयका ५ जना सदस्यहरु भने कुनैपनि हालतमा भोलिको बैठक नसार्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्