Logo

महिलालाई कुकुरले ६ महिना लगातार पिछा गरेपछि…



ओलिविया सीवर्स जागिरको कारण प्राय साउथ अमेरिकाका देशहरुमा जर्मन फ्लाइटमार्फत आउने जाने गर्थिन् । ओलिविया एकदिन ब्युनस आइरसको सडकमा उभिएको समयमा एक कुकुर भेट्टाएकी थिइन् ।

ओलिवियाको अनुसार, उनले बाटो परिर्वतन गरेपनि कुकुर पछि लागेको थियो । उनी होटलमा पुगिन् कुकुर पनि उनीसँगै पुग्यो । त्यसपछिका दिनमा सधै कुकुर पछि लाग्न थाल्यो । ओलिवियाले कुकुरलाई आफ्नो पिछा छुटाउन धेरै प्रयास गरिन् तैपनि कुकुरले उनको पिछा गर्न भने छाडेन् ।

कुकुरबाट टाढा हुनलाई ओलिविया जर्मन गइन् । तर फेरी पनि ब्युनस आइरसमा उनी पुग्दा होटलको बाहिर कुकुर उनलाई पर्खेर बसेको थियो । यसरी कुकुरले ६ महिना सम्म लगातार रुपमा पिछा गरिरह्यो । उनी सिटि पुग्दा पनि कुकुर होटलको बाहिर नै बसेको हुन्थ्यो । ओलिवियाले कुकुरलाई स्थानिय मानिसहरुलाई जिम्मा दिइन् । तैपनि रुबिया नामको त्यो कुकुर होटलमा पुगेकै हुन्थ्यो । ओलिविया रुबियोसँग खेल्ने र कुकुरलाई खेलाउने गरेकै कारण राम्रा साथी बनेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्