Logo

प्रेमीलाई बोक्ने यी प्रेमिकाको तस्वीर भाइरल



प्राय जसो युवतीको इच्छा हुन्छ, प्रेमीको ख्लाल राख्नु र उनका दुखलाई आफ्नै सम्झनु । त्यस्तै, चीनको युहानमा एक युवतीले प्रेमीलाई बोकेर सबैलाई चकित पारेकी छिन् ।

वास्तवमा ती जोडी बाहिर सडकमा घुमिरहेका थिए । शहरमा घुम्दै जाँदा बाढीको कारण सडक अबरुद्ध भएको स्थानमा पुगे । जहाँ सडकभरी पानी भरिएको थियो । वाढीले सार्वजनिक ट्रान्सपोर्ट केन्द्र पनि अछुतो थिएन् । उनीहरुले त्यो बाढी भएको बाटो जानै पर्ने थियो । पानीबाट हिड्नलाई प्रेमीले लगाएको महंगो जुत्ताको कारण गाह्रो थियो । प्रेमीले कारण बताएपनि प्रेमिकाले प्रेमीलाई जुरुक्क बोकेर बाढी तारिदिएकी हुन् ।

युवतीले युवालाई बोकेर बाढी कटाएको फोटो कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएछ, जुन निकै भाइरल भएको छ । फोटो भाइरल भएपछि सामाजिक सञ्जालमा युवतीको खुलेर तारिफ गरिरहेका छन् भने कसैले प्रेमीलाई गाली गरिरहेका छन् ।

सामाजिक सञ्जालमा गाली तथा तारिफ जे पाएपनि ती युवाको जीवनभरका लागि प्रेमिका धन्य भएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot