Logo

कर्मचारीको निर्वाचन फेरि स्थगित



काठमाडौं, मंसिर ११ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २७ गते हुने भनिएको निर्वाचन दोस्रोपटक स्थगित गर्ने निर्णय गरेको हो ।

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो । ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ । मंसिर २७ मा हुने भनिएको चुनाव रोक्न जनता समाजवादी पार्टीनिकट निजामती मधेसी कर्मचारी मञ्चले बुधबार सर्वोच्चमा मुद्दा दायर गरेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot