Logo

जब ओलीले नेकपा ‘अध्यक्ष पद तत्काल त्याग्ने घोषणा गर्छु’ भने



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित तत्काल पार्टी अध्यक्ष त्याग्ने घोषणा गर्ने बताएका छन् । उनले त्यागको सिलसिला आजैबाट शुरु गर्न आफू तयार भएको भन्दै अध्यक्ष त्याग्ने शर्त समेत प्रस्तुत गरे ।

आज पार्टी सचिवालयमा आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालको आरोपसहितको दस्तावेजको जवाफमा उनले नेतृत्वमा रहेका सबैले पद त्याग गरेर नयाँ पुस्तालाई हस्तारण गर्ने प्रस्ताव गरे । ‘म आज खुल्ला आव्हान गर्न चाहन्छु त्यागको यो सिलसिला आजै सुरु गरौं बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं, ‘ओलीले भने, ‘म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखित बनाउन तयार छु के तपाईं तयार हो ?’

ओलीद्वारा प्रचण्डमाथि अविश्वासको प्रस्तावका लागि छलछाम गरी सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको आरोप

यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने भन्दै मित्रराष्ट्रसंगको कतिपय विषय अल्झाएको ओलीको आरोप

ओलीलाई दाहाल-नेपालको आरोप: सच्चिनुको सट्टा पार्टी फुटाउने निर्णयका साथ आउनुभयो

ओलीले आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने समेत स्पष्ट पारे । उनले दस्तावेजमा भनेका छन्, ‘मैंले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । योभन्दा बढी मैंले के त्याग गर्नु पर्ने हो ?’ ओलीले त्याग नै गर्ने हो भने बारम्बार सरकार र पार्टीको नेतृत्व गरेकाहरुले जिम्मेवार नलिने र नयाँ पुस्तालाई हस्तान्तरणको प्रस्ताव समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्