Logo

आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप



काठमाडौं, १८ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २० हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot