Logo

दश वर्षदेखि यी व्यक्ति गाउँमा एक्लै बस्छन्



चीनको गांसु राज्यमा शुयनशांसे नामको एक गाउँमा एक व्यक्ति पछिल्लो १० वर्षदेखि एक्लै जिन्दगी गुजारिरहेका छन् । लियु शेगजिया नामको यी व्यक्ति पूरै गाउँमा एक्लै बस्छन् । पहिला यस गाउँमा २० भन्दा धेरै परिवार रहन्थे । तर रोजगार र गुणस्तरीय जीवनको खोजीमा विस्तारै–विस्तारै गाउँबाट सबैजना पलायन भएका हुन् ।

केही वर्ष अघिसम्म लियु आफ्नो आमा र भाईसँग बस्थे । तर, दुवैजनाको मृत्यु भएपछि उनी एक्लै बस्न थालेका हुन् । मानिसहरुले लियुलाई एक्लै नबस्न र गाउँ छाड्न सल्लाह दिने गरेपनि उनी मान्दैनन् । उनले भोजन र पानीको व्यवस्था गर्नलाई दैनिक कैयौं किलोमिटर पैदल जानु पर्छ । तैपनि, उनले हिम्मत हारेका छैनन् ।

लियुले आफ्नो जीवनयापनको लागि केही भेडा पालेका छन् । दिनभर उनी भेडा चराउन जान्छन् । कहिलेकाँही एक्लै हुँदा उनलाई डर पनि लाग्छ यद्यपि उनी गाउँ छाडेर कतै जान चाहँदैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot