Logo

मोटोपनलाई भेदभाव गर्ने यो स्थान



केही देशका काम गर्ने स्थानमा मोटोपनलाई लिएर भेदभाव गरिन्छ । त्यस्तै इंग्ल्यान्ड एक राम्रो देशको हिसाबले चिनिने देश हो । त्यस देशमा पातला कर्मचारीको तुलनामा मोटा कर्मचारीलाई औसत रुपमा भुक्तान पनि कम गरिन्छ । मोटोपनसँग जोडिएर आएको खबरले मोटा मानिसहरुलाई तनाव हुनसक्छ तर यस प्रकारको भेदभाव चाडै नै सकिनेछ । वास्तवमा बिशेषज्ञहरुले यस विषयमा कानुन बनाएर भेदभाव हटाउन माग गरिरहेका छन्।

उनीहरुले मोटोपना भएका मानिसहरुलाई गरिने भेदभाव हटाउन कानुन मात्र एक उपाय भएको सल्लाह दिएका छन् । कानुुनले मोटा मानिसहरुलाई गरिने क्रुर टिप्पणीमाथि मुद्दा दायर गर्न दिएमा यो समस्या चाडैनै हटाउन सकिन्छ । हाल मोटापन भएका मानिसहरुले काम नपाउने, पाएपनि दुखले पाउने र बर्खास्तको अधिक जोखिम रहेको छ । पछिल्लो समयमा एक कार्यालयको लागि कर्मचारीको माग गरियो र धेरैले सिवी बुझाए तर आवेदन दिएका मोटा मानिसको निवेदन रद्द गरियो ।

इग्ल्यान्डमा १४ प्रतिशत वयस्क मानिसहरु मोटोपनको सिकार भएका छन् । ३० भन्दा धेरै मानिसमा गरिएको अध्ययनबाट यो पत्ता लागेको थियो । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot