Logo

युवक–युवती एकै कपडा लगाउने यो स्थान



युवा युवतीले एउटै प्रकारको कपडा लगाउने त नृत्य गर्दा मात्र देखेका छौ । तर भारतको बासवाडा जिल्लामा आदीवासी युवक युवतीहरुले एउटै कपडा लगाउने गर्छन् । उनीहरुले होली पर्वको लागि परम्परागत नृत्यमा भाग लिन एकै कपडा लगाउने गर्छन् ।

उस्तै कपडा लगाएर युवा युवतीहरु बजार पनि जाने गर्छन् । यसरी उस्तै कपडा लगाउनु पुरानो चलन नभएपनि युवा पिढीले नै पछिल्लो समयमा बसाएको त्यहाँका बृद्धहरु बताउँछन् । एउटै कपडा लगाउनु एकताको प्रतिक भएको युवाहरुले बताउदै आएका छन् ।

त्यस स्थानमा युवा युवतीहरु वैवाहिक समारोहमा उपस्थित हुँदा पनि एउटै प्रकारको पोशाक लगाउँदै आएका छन् । उनीहरुले आफ्ना साथीहरुको सजिलै पहिचान होस र सबैमा आपसमा सौहार्दपुर्ण वातावरण होस् भन्ने चाहान्छन् । वुद्धहरुले पुरानो चलन नभएपनि युवाहरु एकै देखिनलाई यस्तो नयाँ चलन ल्याएको बताउछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot