Logo

५२ लाखमा बिग्रेको घडी बेचेर मालामाल बने यी मानिस



कहिले काँही भाग्य बदलिन धेरै खास कुरा चाहिदैन । आफूसँग भएको सामान्य चीज भएपनि पुग्छ त्यो पनि पुरानो । त्यस्तै भएको छ एक व्यक्तिको जीवनमा । उनले बिग्रेको घडी ५५ हजार पाउन्डमा विक्री गरेका छन् । इग्ल्यान्डको चेशायरमा बस्ने व्यक्तिले पुरानो घडी जम्मा ५ सय पाउन्डमा बेच्ने सुरमा थिए । तर बजारमा यसको मूल्य थाहा पाउँदा उनी एकैछिन त अत्तालिए ।

वास्तवमा उनलाई त्यो पुरानो घडी दोस्रो विश्व युद्धमा इटालियनले नेवी डाइवर्सले दिएका थिए । यो घडी भएको मानिसले मरेको पिताको घर सफाई गर्दा भेटेका थिए । त्यसलाई बेच्नलाई सेलमा लगे । बल्ल उनलाई थाहा भयो कि घडीको मुल्य ५५ हजार पाउन्ड (५२ हजार रुपैयाँ) पर्दोरहेछ ।

एटालियन कम्पनी पेनेरायले बनाएको यस घडीलाई अन्य मेशीनरी सामान सँग बेचिएको थियो । घडीको मुल्य ४६ हजार पाउन्ड थियो । यो घडी १९४१ देखि १९४३को बीचमा बनेको ६१८ रालेक्स १७ रुबिस पेनेराय ३६३६ घडी मध्ये एक थियो । घडी ावटर प्रुफ थियो रातीमा बल्ने गर्थ्यो । यो रायल इटालियन नेवीले सप्लाई गर्दथ्यो । ्विश्व युद्धमा ह्युमन टारपेडोस मिसाइल हुन्थ्यो र जसलाई पानी भित्र छाडिन्थ्यो । दुस्मनको जहाजमा हान्नको लागि यसको प्रयोग गरिन्थ्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot