Logo

नेयमारको ह्याट्रिकमा पिएसजीको सानदार जीत



एजेन्सी, २५ मंसिर । ब्राजिली स्ट्राइकर नेयमारको ह्याट्रिकमा पिएसजीले इस्तानबुल बासाकसेइरमाथि सानदार जीत निकालेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा पिएसजीका लागि नेयमारले खेलको २१, ३८ र ५० औं मिनेटमा गोल गरेका थिए ।

पिएसजीका लागि माबाप्पेले ४२ र ६२ औं मिनेटमा गोल गरी टोलीलाई ५-१ को जीत दिलाए । यसअघि हिजो रङ्गभेदको गतिविधि भएको भन्दै दुवै टोलीका खेलाडीले मेदान छाडेका थिए । रङ्गभेदको विषयमा फुटबलमा निकै विवाद हुनेगरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot