Logo

९ वर्षीया यी पत्रकार



अमेरिकाको हिल्दे लिस्याक नामकी एक ९ वर्षकी बच्चीले अरेन्ज स्ट्रीट न्युज नामको एक वेबसाइट चलाउने गर्छिन् । उनी वेबसाइटका रिपोर्टर र प्रकाशक दुवै हुन् । भर्खरै मात्र उनले एक हत्याको खबर ब्रेक गरेकी छिन् । उनको खबर हेरी सकेपछि सामाजिक सञ्जालमा उनका फ्यानहरुले उनलाई गुडियाका खेलौना र टी–पार्टी गर्नेको सल्लाह दिई रहेका छन् ।

हिल्दे अमेरिकामा पेसिल्वेनिया शहरको सेलिन्सग्रोवमा बस्छिन् र उनका पिता मैथ्यु लिस्याक न्युर्योक डेली न्युजको रिपोर्टरको रुपमा काम गरिहेका छन् । साथै उनी लेखक पनि हुन् । एक दिन मैथ्युले आफ्नो छोरी हिल्देलाई अफिस लगेका थिए । बाबाको कार्यालयको वातावरण देखेर उनी निकै प्रभावित भइन् । त्यो समयमा उनी ७ वर्षकी थिइन् । यसपछि उनले अरेन्ज स्ट्रीट वेबसाइट लन्च गरिन् ।

वेबसाइट लन्च भएपछि हिल्दे शहरको लोकल मिटिगंमा उपस्थित भएर आफ्नो वेबसाइटमा न्युज ब्रेक गर्न लागिन् । हिल्देले हाल बाबा र सानी बहिनी इसाबेलसँग मिलेर एक मन्थली पेपर पनि निकाल्दै आएकी छिन् । हिल्देको नाम द न्युयोर्क टाइम्स, टाइम, द न्युर्योक डेली न्युज जस्ता मिडियाले पनि उनको तारिफ गर्दै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot