Logo

लिभरपुल बराबरीमा रोकिदा टोटनहामको शिर्ष स्थान कायमै



एजेन्सी, २९ मंसिर । यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबल रोचक बन्दै गएको छ । टोलीहरुले ११ देखि १२ खेल खेलिसक्दा दश टोलीको समान जस्तै अंक छ ।

शिर्ष स्थानमा रहेका दुई टोली टोटनहाम र लिभरपुलको समान २५ अंक छ । गएराति सम्पन्न खेलमा लिभरपुल फुलहामसँग र टोटनहाम क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिए ।

टोटनहामले शुरुवाती अग्रता लिएपनि खेलको अन्तिमतिर गोल खाँदा बराबरीमा रोकियो । लिभरपुललाई भने पेनाल्टीले हारबाट जोगायो ।

यसैगरी आर्सनको खराब शुरुवात कायमै रहेको छ । उसले रेलिगेसन क्षेत्रमा रहेको बर्नलेसँग १-० को पराजय व्यहोर्यो । घरेलु मैदानमा आर्सनल पराजित भएको हो ।

साउथएम्पटनले पुछारको टोली सेफड युनाइटेडलाई ३-० ले पराजित गर्यो । लिसेस्टर सिटीले ब्राइगटनलाई ३-० ले पराजित गर्यो ।

यसपटक लिगमा शिर्ष स्थानमा दुई टोली रहेकोमा समान खेल खेलेका बाँकी पाँच टोलीको एक देखि ५ अंकको मात्र दुरी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot