Logo

जनावरको आन्द्राबाट बनेको कन्डमको मुल्य ४६ हजार



हामीले बजारमा पाइने कन्डमको मुल्य सस्तो हुन्छन् तर धेरै अगाडि बनेको कन्डमलाई हाल ४६ हजार रुपैयाँमा खरिदको लागि राखिएको छ । २ सय वर्ष पुरानो यो कन्डम १८ औं र १९ औं शताब्दीमा आन्द्राबाट बनेको थियो । अनलाइनमा लिलामको लागि राखिएको यस कन्डम धेरै दुर्लभ हो । यसलाई चुनिदा म्युजियममा राखिएको छ ।

लिलामको लागि राखेपछि धेरै मानिसहरुले रुचि देखाए, कन्डम अनुमानित मुल्य भन्दा दुई गुना रुपैयाँमा बिक्रि भयो । यसलाई एम्सटर्डमका एक व्यक्तिले खरिद गरेका हुन् ।

फ्रान्समा भेटिएको १९ सेमी लम्बाई भएको कन्डम विश्वकै सबैभन्दा महङ्गो कन्डम हो । कन्डम बनाउने समयमा धनि व्यक्तिहरुको लागि बनाइएको थियो । बनाउन पनि धेरै समय लागेको थियो । सामान्यतया कन्डमको १५ सेमी लम्बाई हुन्छ भने यो चाही १९ सेमी लम्बाईको छ । १९ औं शताब्दीमा सस्तो रबर हुँदा पनि भेडाको आन्द्राबाट यो कन्डम बनाइएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot