Logo

आइसक्रिम चोरेको आरोपमा १३ वर्षको जेल सजाय



आफ्नै कक्षाका साथीको आइसक्रिम चोरेका दुई बच्चाहरुले ८ वर्षपछि यति ठुलो सजाय भोग्नु पर्ला भनेर सोेचेको थिएनन् । १४ र १५ वर्षका तुर्किका २ बच्चाहरुले कक्षाकै साथीको आइसक्रिम र सुर्यमुखी फुल जस्तो भएको झोला चोरेका थिए । यसको मुद्दा ८ वर्षसम्म चल्यो र हाल १३ वर्षको जेल सजाय दिइएको छ ।

सबैभन्दा आश्चर्य लाग्दो कुरा त यस विषयमा प्रहरीलाई कुनै खबरै बिना अदालतले सजाय सुनाएको हो । विद्यालयका शिक्षकहरुले बच्चाहरुलाई डर देखाउन मात्र त्यसो गरेको बताएका छन् । उनीहरु धेरैजसो अरु साथीहरुको मिठाई चोरेर खाने गर्थे ।

उक्त मुद्दा ८ वर्षसम्म चलेपछि हाल अदालतले यस्तो सजायको फैसला गरेको हो । आरोप लागेका वोल्कन कुत्लु र ओकान सिफ्ट्सी हाल २२ र २३ वर्ष पुगेका छन् । उनीहरु आफ्नो पढाई पुरा गर्नमा तल्लिन छन् । अदालतको फैसला गरेपछि विद्यार्र्थीहरुलाई पक्राउ गर्न परिक्षा दिइरहेका अवस्थामा विश्वविद्यालयमा नै गएको थियो ।

अदालतको फैसला पछि पक्राउ परेका दुवैजनाको उमेर कम देखेर एक थप्पड हानेर छाड्ने आदेश दिएको थियो । विश्वविद्यालयका छात्रहरु वोल्कन इतिहास विषय पढिरहेका थिए । उनले पुर्व साथीलाई जिस्काएको र आइसक्रिम चोरेको आरोपमा ८ वर्ष जेल सजाय भोग्दा आफ्नो पढाई छुट्ने चिन्ता लागेको बताएका छन् ।

वोल्कनको सिंगल अभिभावक एक नर्स हुन । नर्सले छोरालाई जेलको सजाय तोकेको समयमा परिक्षाको समय भएको बताइन् । उनले भनिन्, ‘अदालतको निर्णयले साथी, शिक्षक सबैजना अचम्ममा परेका थिए । जम्मा एउटा आइसक्रिम चोर्दा जेलको सजाय भोग्न पर्ने ।’ उनले कसैको हत्या गरेको जस्तो सजाय सुन्दा आफु दखी भएको बताइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्