Logo

खाने कुरा नमिठो भन्दै दुलाहाले विवाह छाडेर हिडेपछि…



खाने कुरा मन नपर्नु सामान्य कुरा हो तर खानेकुरा मन नपरेको कारण विवाह जस्तो पवित्र सम्बन्ध टुटेको चाही कमै सुनेका छौ । आज हामी विवाहमा खानेकुरा मन नपरेको कारण विवाह तोडिएको चर्चा गर्नेछौ । कर्नाटकको तुमरुकको एक जिल्लामा विवाह समारोहमा सहभागी भएका पाहुनाले यस्तो पनि देख्न परेको छ ।

तीन सय भन्दा धेरै जन्ती गएको उक्त वैवाहिक कार्यक्रममा दुलाहाले अचानक विवाह तोडेका थिए । विवाह तोड्नुको कारण वैवाहिक विधि र खानेकुरा । बैंगलोरबाट आएका दुलाहा र उनका परिवारलाई विवाहको खाना मन परेन ।

विवाहमा सहभागी भएका मानिसहरुको अनुसार केटा पक्षले यस्तो सानो कुराम झगडा गरेको थियो । आफ्नो परिवारलाई खाना मन नपरेको भन्दै कराउदै थिए । यस झगडामा दुलहीले माइती पक्ष लिएपछि केटा पक्षको सबै परिवार विवाह छाडेर भागेका थिए ।

विवाह तोडेपछि दुलहीका पिताले उपस्थित पाहुनाको अगाडि यदि कोही आफ्नी छोरीसँग विवाह गर्न तयार भएमा अगाडी आउन भनेका थिए । केटी पक्षका एक नातेदार अगाडी आए र केटीको हात समातेर विवाह गरे । यसपछि दुवैबीच विवाह सम्पन्न भयो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्