Logo

प्रत्येक दिन ३० खिल्ली चुरोट खाने ११२ वर्षकी महिला



११२ वर्षकी महिला ९५ वर्षदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट खाने गर्छिन् । यी कहाली लाग्दो चुरोट खाने महिला नेपाली हुन् । उनको नाम बतुली लेमिचन हो । एक अंग्रेजी वेबसाइट अनुसार लेमिचनले १७ वर्षको उमेरदेखि सिगरेट पिउन थालेकी थिइन् ।

अहिले उनको जेठो छोरा ८५ वर्षका भए । उनले ५ जनाको सन्तानको जन्म दिएपनि हाल १ मात्र छोरा जिवित छन् । उनका श्रीमान ८० वर्ष हुँदा नै एक्लै छाडेर भारत गएका थिए । उनले जिन्दगीमा धेरै उतार चढाव आएपनि आफ्नो उमेरले केही फरक नपारेको बताएकी छिन् ।

बतुलीको सिगरेटको धुवामा भएको निकोटिन कम गर्नलाई आफ्नै तरिका छ । उनले चुरोटलाई दुई औलाको बीचमा राख्नुको सट्टा आफ्नो पुरै हातले समातेर पिउने गर्छिन् । उनले बजारमा पाउने सिगरेट भन्दा तेज पत्ताबाट बनेको बिडी खान सल्लाह दिन्छिन् ।

यति धेरै उमेर हुँदा पनि बतुलीले आफ्नो सबै काम आफै गर्छिन् । २०७२ सालमा भुकम्प जाँदा उनको घर भत्किएको थियो । उनलाई नातेदारले दिएको सल्लाह अनुसार उनले हाल मन्दिरलाई आफ्नो घर बनाएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्