Logo

३ वर्षको बच्चाको पेटमा २९ वटा चुम्बक, सिक्का र घडी



बालबालिकाले अन्जानमा जे पनि खान सक्छन । त्यसकारण अभिभावकले विशेष ध्यान दिनु पर्छ । भारतको हरियाणामा ३ वर्षका बच्चाले २९ वटा चुम्बक, १ सिक्का र घडी निलेका छन् । डाक्टरहरुले गरेको अपरेसनबाट बच्चाले निलेको पत्ता लागेको हो ।

एक सानो बच्चाको पेटबाट यति धेरै सामान निस्किदा डाक्टरहरु पनि आश्चर्यमा परेका थिए । साढेँ ३ घन्टा लगाएर गरेको अपरेशनपछि प्रिन्सको पेटबाट डाक्टरहरुले यी सामान निकालेका हुन् । अपरेसन पनि उनी सामान्य अवस्थामा भएपनि उनको आन्द्रामा भने असर गरेको छ ।

प्रिन्सले केही दिनअगिबाट पेट दुखेको भनेका थिए । गहना बनाउने काम गर्ने उनका पिताले तुरुन्त छोरातिर ध्यान दिएनन् । सामान्य मेडिकलमा गएर पेट दुखेको औषधि ल्याएर खान दिए तर कुनै काम गरेन । पछि झन झन बच्चाको पेट दुख्दै गएपछि मात्र डाक्टरलाई देखाए । अस्पतालमा लगेर एक्सरे गरेपछि तुरुन्त अपरेसन गरे ।

सर्जरी गर्ने डाक्टरहरुले भने, ‘एक्सरे गर्दा पेटमा धातु देखिए पनि केहो भन्ने पत्ता लागेन त्यसपछि अपरेशन गर्ने निर्णय लिइयो ।’ उनको अनुसार चुम्बकले प्रिन्सको आन्द्रा समातेको थियो । करीब डेढ फुट धेरै हानी गरेको आन्द्रालाई काटेर पनि फालिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्