Logo

गर्भनिरोधक चक्कीले युवतीको ज्यान गयो



ब्रिटेनमा गर्भनिरोधक चक्की सेवन गर्ने २१ वर्षकी युवतीको मृत्यु भएको छ । युवतीको मृत्युपछि उनी मर्नुको कारण बारे चर्चा भैरहेको छ । मासिक धर्मलाई ठिक गर्नको लागि युवतीले गर्भनिरोधक चक्की खाएकी थिइन् । तर, युवती एकदिन अचानक बेहोश भएपछि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।

डाक्टरको अनुसार उनको फोक्सोमा रगत जमेको कारण मृत्यु भएको हो । तर युवतीका परिवारले भने छोरीको निधन हुनुमा गर्भनिरोधक चक्की भएको ठहर गर्दै आएको छ । कम्पनीको विरुद्धमा परिवारले मुद्दा समेत दिएको छ । अदालतमा युवतीका पिता ब्रायनले छोरीको मृत्यु हुनु भन्दा पहिला एक हप्ताअघिबाट सास फुल्ने, खुट्टा र छातीमा दुखाई भएपछि अस्पतालमा भर्ना गरेको बताएका छन् । उनले अस्पतालको नर्सले औषधि दिएर उनकी छोरीलाई घर पठाएको पनि बताए ।
तर चिकित्सा र स्वास्थ्य सम्बन्धि उत्पादन सरकारी निकायहरुले औषधि सुरक्षित भएको र महिलाहरुले प्रयोग गर्न सक्ने बताएका छन् । उनीहरुले अनिच्छित गर्भ रोक्नलाई धेरै सहयोगी भएको समेत जानकारी दिएका छन् । अदालतले भने लामो समयदेखि गर्भनिरोधक चक्की सेवन गरेर फोक्सोमा रगत जमेको कारण मृत्यु भएको कुरालाई लिदै चक्कीबाट भएको असरको सहि उपचार नभएर युवतीको मृत्यु भएको रिपोर्ट तयार गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot