Logo

दाँत र कपाल नभएकी यी मोडल



मानिसले चाहाना राखेमा हरेक कुरा पुरा गर्न सकिन्छ । आज हामी यस्तो कुराको बारेमा बताउन जादैछौ, जसको न त टाउकोमा कपालका रौ छन्, न त मुखमा दाँत छन् । र पनि उनी एक मोडल हुन् । कनेक्टिकटमा बस्ने एक २७ वर्षकी मेलैनी गेडास एक दुर्लभ रोगबाट पिडित छिन् । जसको कारण उनले जन्मदेखि नै जेनेटिक डिसअर्डर झेलीरहेकी थिइन् । यही रोगको कारण उनको कपाल, नङ, रौ र साना हट्टीहरुको विकास भएको छैन् । उनलाई यति मात्र नभएर बाइलिटरल क्लेफ्ट प्लेट र एलोप्सिया पनि छ जसले कपालको प्राकृतिक वृद्धि रोकिदिन्छ ।

यस रोगको बाबजुद पनि मेलैनीको एक साथीले मोडलिगमा कोशिश गर्ने तयारी गराइन् र भनिन्, ‘तिमी एक एक्लो यस्तो व्यक्ति हो, जो आफ्नै मात्र तरीकाले देख्छौ र यहि नै तिम्रो क्षमता हो ।’ साथीको हौसलाले मेलैनीले आफुमाथि लगाएको नराम्रो ट्याग हटाउनलाई मोडलिंग गर्न सुरु गरिन् ।

मेलैनीले आफ्नो बारेमा कहिल्यै पनि सानो सोच्दिनन् र आफ्नो रोगको बारेमा पनि चिन्ता गर्दिनन् । उनले न्युर्योकको प्रेट इस्टिट्युटबाट अध्ययन गरेकी हुन् । उनले जब मानिस बिना खुट्टा पनि म्याराथनमा भाग लिन सक्छन् भने मानिसले बिना दाँत खाना किन सक्दैनन् भन्ने मान्यता राख्छिन् । मेलैनीले भन्छिन्, जिन्दगी त जिवन्तताको नाम हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot