Logo

संविधानको हत्या भयो, राष्ट्रपति यसको मतियार हुने ?- वरिष्ठ अधिवक्ता त्रिपाठी



काठमाडौं, ५ पौष । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद बिघटनको सिफारिश गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको टिप्पणी गरेका छन् । उनले ओलीले संसदको मात्र नभई संविधानको समेत हत्या गरेको तर्क गरे ।

‘बहुमतको सरकार हुँदा हुँदै र संसदबाटै विकल्पहरु हुँदा हुँदै बिघटनको सिफारिश गर्नु संविधानको हत्या हो,’ त्रिपाठीले भने, ‘राष्ट्रपति यसमा मतियार हुने ?’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश फिर्ता गरी संसद र संविधानलाई जीवन दिन समेत आग्रह गरे । उनले भने, राष्ट्रपतिज्यूले यसलाई तुरुन्त फिर्ता पठाउनुपर्छ ।

संविधानले परिकल्पना गरेभन्दा फरक तरिकाले प्रधानमन्त्री ओली बढेको टिप्पणी गरे । उनले नेपालको इतिहासमा ओलीले घोर आपत्तीजनक कदम चालेर संकट बढाएको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot