Logo

रुसले तुरुन्तै कोरोना विरुद्वको नयाँ खोप निर्माण गर्ने



एजेन्सी, ९ पुस । रुसले छिट्टै कोरोना भाइरसविरुद्वको खोप निर्माण गर्ने भएको छ । यस विषयको जानकारी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले राज्य प्रमुखको काउन्सिलमा भिडियो कन्फरेन्समार्फत शुक्रबार बताएका हुन् । उनले भने,‘कमनवेल्थमा सहभागी हुने सम्पूर्ण देशलाई हामी कोरोनाविरुद्व सहायता गर्न तयार छौँ ।’

पुटिनले रुसी कोरोना भाइरसविरुद्वको रुसी खोप स्पुतनीक भी र एपी भ्याक कोरोना लगायत नयाँ घरेलु खोपहरु समेत छिट्टै आउने आशा व्यक्त गरेका छन् । नयाँ खोपको निर्माणका लागि संयुक्त रुपमा उत्पादनको लागि रुस तयार रहेको स्वष्ट समेत पारेका छन् ।

विश्वमा प्रत्येक नागरिकसम्म खोप पुग्ने मानवताको दागित्व रहेको कारण रुसले उक्त कदम चाल्ने समेत बताए । दैनिक रुस भित्रने हजारौँ संख्या मानिसहरुलाई भ्यानमा राखी अन्य खोपको समेत आवश्यकता रहेको कारण नयाँ खोपहरुको निर्माणलाई रुसले तिव्रता दिने भएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot