Logo

नवनियुक्त मन्त्री ठगुन्नाको उद्घोष : नेपाली भूमि फिर्ता ल्याउँछु (भिडिओसहित)



काठमाडौं, १३ पुष । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले आफूलाई मन्त्री बनाएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गरेको प्रतिबद्धता पूरा गरेको स्मरण गराए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी नफुटेको भएपनि आफू मन्त्री बन्ने थिएँ भन्ने जिकिर गरे । उनले मन्त्रिमण्डल पूनर्गठनको सवालमा आफूलाई मन्त्री बनाउने प्रधानमन्त्रीको ईच्छा थियो भन्ने कुरा सुनाए । उनले नेपालको भूमि मिचिएको सवालमा आफ्नो अग्रगामी भूमिका रहने विश्वास दिलाए । उनले ओलीको नेतृत्वमै नेपालको गुमेको भूमि फिर्ता लिईने स्पष्ट पारे । उनले भूमि फिर्ताको लागि आफूहरुले कुटनीतिक पहल नै जारी राखेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot