Logo

माओवादी छोडेर जसपा नेपाल प्रवेश गरेका रामकुमार शर्मा पार्टी विभाजन भएपछि स्तब्ध



काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका रामकुमार शर्मा जसपा, नेपाल विभाजन भएपछि स्तब्ध भएका छन् । उनले जसपा, नेपाल विभाजन गरिएपछि देशमा अस्थिरताको राजनीतिलाई मलजल गर्ने काम भएको भनेर कडा टिप्पणी गरेका छन् ।

उनले भने,‘किनकी यो विभाजन नेपालमा अस्थिरता चाहनेहरुको लागि ट्रेलरमात्रै हो, वास्तविक फिल्म त केही महिनापछि सुरु होला । तसर्थ, आत्मस्वाभिमान भएका नेता र आन्तरिक औपनिवेशिकरणको बिरुद्ध संघर्ष गर्ने सम्पुर्ण देशभक्तहरुले यस प्रकारको षड्यंत्रको बिरोध एवं भण्डाफोर गर्न जरुरी छ ।’

सामाजिक सञ्जालमा शर्माले लामो स्टाटस लेखेका छन्–

जनता समाजवादी पार्टी नेपाल को दल बिभाजन ले मलाई स्तब्ध बनाएको छ ! हलाकी यो बिभाजन नत पहिलो हो नत अन्तिम हुनेछ! तथापि यो मुलुक का शासक बर्ग द्वारा उत्पिडनमा पारिएका मधेसी ,थारू,मुस्लिम,दलित आदिवासी/जनजाती लगायतका औपनिवेशिक अबस्थामा रहेका बहुसंख्यक नागरिकहरुको मुक्ती को लागि संघर्ष गर्ने एउटा क्रान्तिकारी पार्टी र तिनका नेता को नाता ले निरन्तर यस प्रकार ले हुने पार्टी बिभाजन वा बिद्रोह को कारण बारे गम्भीर शिक्षा लिन जरुरी छ !

दोस्रो कुरा हाम्रो जस्तो अल्पविकसित र संसार को शक्ति रास्ट्रहरुको क्रिडास्थल को रुपमा रहेको हाम्रो सुन्दर देश नेपाल लाई सके आफ्नो प्रभावमा पार्ने नत्र युक्रेन को दिशामा धकेलिदिने षड्यंत्रहरू चलिरहे कै स्थितीमा एउटा क्रान्तिकारी पार्टी माथि बज्र प्रहार हुनु भनेको नेपाली नागरिक को लागि खुशी को कुरा नभई बुढी मरि त्यसको चिन्ता भन्दा पनि काल पल्क्यो भन्ने रुपमा सबै देशभक्तहरुले ग्रहण गर्न जरुरी छ ! किनकी यो बिभाजन नेपालमा अस्थिरता चाहनेहरुको लागि टेलर मात्रै हो ! बास्तविक फिल्म त केही महिना पछि शुरु होला? तसर्थ आत्मस्वाभिमान भएका नेता र आन्तरिक औपनिवेशिकरण को बिरुद्ध संघर्ष गर्ने सम्पुर्ण देशभक्तहरुले यस प्रकार को षड्यंत्र को बिरोध एवं भण्डाफोर गर्न जरुरी छ !

तेस्रो कुरा अहिले को बिभाजन को तस्वीर हेर्दा कार्याकारी अध्यक्ष अशोक राई,संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत घोषणा गरिएका ३० जना केन्द्रीय समिति सदस्यहरू मध्ये दुई तिहाइ सदस्यहरु जनजाती र खश आर्य समुदाय बाट रहेको छ ! दुई तीन जना लोभी-पापी नेताहरु बाहेक मधेसी,थारु,दलित,मुस्लिम समुदायबाटमधेसका असल नेताहरु बिभाजित भएर गएको देखिदैन!यसले संसदिय दल बिभाजन गरेर मा.उपेन्द्र यादवलाई झुकाउने दुषप्रयास गरेपनि जमिनमा जनताको आन्दोलनलाई यसले खाशै प्रभावित बनाउन सक्दैन !

चौथो कुरा अधिकारवादी आन्दोलन र तिनका नेतालाई कमजोर बनाउन,उत्पीडित रास्ट्रियताहरुको मुक्ती को लागि महान मधेस जनबिद्रोह बाट जन्मेको हाम्रो प्यारो एवं क्रान्तिकारी पार्टी जसपा नेपाल लाई प्रथम निशाना बनाएर दल बिभाजन गरेका कारण मधेसी लगायत आम मुक्तीकामी जनसमुदाय मा उत्पन्न शोक लाई शक्तीमा बदल्न हार्दिक अपिल गर्दछु ! सत्य र न्याय को लागि संघर्ष गर्नेहरु ले यस प्रकार को तमाम अन्याय,अत्याचार एंव षड्यंत्र को मुकाबला गरेरै सफलता प्राप्त गरेको ईतिहास साक्षी रहेको स्मरण गर्दै सत्य को लागि अन्तिम सम्म संघर्ष गर्ने संकल्प को साथ अगाडी बढ़ौ ! 



प्रतिक्रिया दिनुहोस्

Screenshot