Logo

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्रको रक्षा गर्दै अघि बढ्ने दृढता



काठमाडौं, १७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा अघि बढ्ने दृढता व्यक्त गरेका छन् । उनले अवरोधहरुलाई छिचोल्दै अविचलित निष्ठाका साथ अगाडि बढ्ने समेत बताए ।

आज अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामना दिदै ओलीले भने, आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं । प्रधानमन्त्री ओलीमाथि गणतन्त्रले समाप्त पार्न लागेको प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुले आरोप लगाइरहँदा उनको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

ओलीले नाम नलिई प्रचण्ड र नेपालतर्फ संकेत गर्दै निजी आकांक्षाहरुले अवरोध सृजना गरेको समेत उल्लेख गरेका छन् । समृद्धिको बाटोमा देशलाई लैजाने काममा अनेकन व्यवधानहरुको सामना गर्नुपरेको ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले मुलुक र जनताको दीर्घकालिन हितमा पाइला अगाडि बढाइएको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘आगाी वर्ष र दिनहरुमा हाम्रो राष्ट्रियता अझ मजबूत हुने छ ।’

उनले भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठ्ने शुभकामनामार्फन् भनेका छन् । ‘हाम्रो स्वाधीनताको हामी अझ बढी ब्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं,’ शुभकामनामा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot