Logo

जुभेन्टसको जीतमा रोनाल्डोको दुई गोल



एजेन्सी, २० पुस । यूडिनेसलाई पराजीत गर्दै जुभेन्टसलाई जीत दिलाउन रोनाल्डोको भूमिका महत्वपूर्ण भएको छ । इटालियन लीग अन्तर्गत गएरातीको खेलमा यूडिनेसलाई यु्भेन्टसले ४–१ ले पाखा लगाउदा रोनाल्डोले २ गोल गरेका थिए ।

उनले सुरुमै आरोन राम्सेको पासमा गोल गरेका थिए । उनले दोस्रो गोल गरेसँगै ११ लीग गेममा उनको गोल संख्या १४ पुगेको छ । उनले गरेकै थ्रो पासमा पनि फेडेरिका चिसाले गोल गरेका थिए ।

जुभेन्टसका लागि पाउलो डिबालाले चौथो गोल गर्नुपूर्व मार्भिन जिगेलारले यूडिनिसेलाई सान्त्वना गोल गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot