Logo

कोरोना भ्याक्सिनको भायल खोलेको ४ देखि ६ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने



एजेन्सी, २७ पुस । भारतमा कोरोना भाइरसविरुद्वको मास भ्याक्सिनेशन १६ जनवरी देखि सुरु हुने भएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिनको भायललाई एकपटक खोली सकेपछि त्यसलाई ४ देखि ६ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने हुन्छ ।

प्रयोग नगरे उक्त भ्याक्सिनको क्षमतामा कमी आउन सक्ने भ्याक्सिन भायल मोनिटरले जनाएको छ । सेरेमद्वारा निर्माण गरिएको कोरोना विरुद्वको भ्याक्सिनलाई अत्याधिक चिसो वातावरणमा राख्नु पर्ने हुन्छ । भ्याक्सिनलाई करिब ८ डिग्री भन्दा कम तापक्रम राख्न आवश्यक छ । एकपटक उक्त तापक्रमबाट भ्याक्सिनलाई निकालेपछि भ्याक्सिनको क्षमतामा बिस्तारै कमि आउने गर्दछ त्यसकारण भ्याक्सिनलाई ४ देखि ६ घण्टा भित्र प्रयोग गर्नुपर्ने हुन्छ । साथै, भ्याक्सिन एक दिनमा करिब १०० व्यक्तिले मात्र लगाउने सक्ने जनाइएको छ ।

खोपलाई प्रयोगमा ल्याउने चिकित्सकले उक्त खोपमा एक्सपाइरी डेट अनिवार्य रुपमा लेख्नु पर्ने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत बायोटेकद्वारा निर्माण गरिएको भ्याक्सिन निश्क्रिय भाइरसबाट निर्माण गरिएको छ । यसले परिक्षण कालमा कुनै प्रकारको साइड इफेक्ट देखिएको थिइन् । उक्त भ्याक्सिनले कम समयमै भारतीय ड्रय रेगुलेटर द्वारा स्वीकृती पाएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot