Logo

भारतीय सञ्चारमाध्यममा सीमा मुद्दाबारे ओलीको बोली



एजेन्सी, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिसभामा सम्बोधन गर्दै नेपालले कालापनी, लिपुलेख र लिम्पीयाधुराको विवादलाई भारतसित वार्ताका माध्यमबाट हल गर्ने र वास्तविक रुपमा फिर्ता ल्याउने बताएका थिए । राष्ट्रिसभामा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघको शुरुमा भारत भ्रमणमा जाने बताएका थिए ।

भूमणमा दुई देशबचि सीमा विवादको विषयमा छलफल हुने समेत खुलाएका थिए । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रसेले लेखेको अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा भने,‘विगत ५८ वर्ष देखि भारतले मिचेको ३७० किमी क्षेत्र नेपालको हो । १४६ वर्ष अगाडी उक्त क्षेत्र नेपालले भोग चलन गर्दै आएको थियो । कतिपय व्यक्तिहरुले भारत र नेपालबीचको सम्बन्ध बचाउन मैले कुनै उपयुक्त कदम नचालेन । के मैले यस विषयमा मौनाता राखेकोे छु ?’ भन्दै प्रश्न गरे ।

नेपाल भारत बीचको सम्पूर्ण विवादहरु वार्ताको माध्यमबाट हल गरिने र उक्त सम्बन्धलाई नयाँ उचाँईमा लैजाने प्रधानमन्त्री ओली विश्वास व्यक्त गरेको इन्डियन एक्सप्रेसले लेखेको छ । नेकपाभित्र विवाद उत्पन्न भइरहेको बेला उनेल २३ राष्ट्रिसभा सदस्यविना नै ५९ सदस्यलाई सम्बोधन गरेका थिए । संसद विघटनको विवादको फैसला अदालतको हातमा गइसकेको छ भने सम्बोधनको क्रममा ओली संसद पुनःस्थापना कुनै हालतमा नहुने स्पष्ट पारिसकेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

संसद विघटन गरेको कारण ओलीले आफ्नै दल, विभिन्न राजनितिक दल लगायत नागरिक समाजहरुको आलोचना सहीरहेका छन् । ओलीले राष्ट्रिसभामा सम्बोधन गर्दै यस सन्दर्भमा प्रश्न सोध्दै भने, ‘के लोकतन्त्रमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन?यो कसरी संविधान विपरित भयो? ।



प्रतिक्रिया दिनुहोस्

Screenshot