Logo

धितोपत्र बजार सम्बद्ध सबैले नाफाको १ प्रतिशत सामाजिक सेवामा छुट्टाउनुपर्ने



काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्डले बजार सम्बद्ध सबै पक्षलाई नाफाको १ प्रतिशत रकम सामाजिक सेवाको लागि छुट्टाउनपर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका लागि रकम छुट्टाउनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।

केन्द्रिय निक्षेप कम्पनी, क्रेडिट रेटिङ सस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले उक्त शिर्षकमा रकम छुट्टाउनुपर्ने व्यवस्था बोर्डले गरेको हो । यसरी छुट्टाएको रकम सबै प्रदेशमा आवश्यकता अनुसार शिक्षा तथा सचेतना अभिबृद्धिका कार्यका खर्च गरिने बोर्डले जनाएको छ ।

बोर्डले ७७ वटा जिल्लाका लगानीकर्ताहरु समेटिएकाले शिक्षा तथा सचेतनामा विशेष जोड दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot