Logo

भारतमा अक्सफोर्ड भ्याक्सिन प्रति डोज २ सय भारु



एजेन्सी, २७ पौष । भारतमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिनको प्रति डोज २ सय रुपैयाँमा प्रयोगमा ल्याइने भएको छ । आज भ्याक्सिन उत्पादक कम्पनि सेरम इस्टिच्युट अफ इन्डियाले भारत सरकारसँग १ करोड १० लाख डोज भ्याक्सिन प्रति डोज २ सय रुपैयाँमा खरिदको सम्झौता गरेको हो ।

भारतीय सञ्चारमाध्यमले सेरम कम्पनि आवद्ध पुनावाला ग्रुपका प्रमुख डा. साइरस पुनवालाको भनाई उदृत गर्दै खरिद सम्झौताबारे जानकारी दिएको हो । उनले थप डोज भ्याक्सिनको सम्झौताबारे समेत जानकारी दिएका छन् ।

सेरमले अहिले नै ५ करोड डज भ्याक्सिन उत्पादन गरी भण्डारण गरिसकेको छ । उसले थप भ्याक्सिन धमाधम उत्पादन गरिहेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिश स्वीडस कम्पनि एस्ट्रेजेनेले सेरमसँगको साझेदारीमा कोभिसिल्ड भ्याक्सिन उत्पादन गरेको हो । भारत सरकारले जनवरी १६ बाट खोप दिने कार्य शुरु गर्दैछ । उसले ६० करोड डज भ्याक्सिन सुनिश्चित गर्ने जनाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot