Logo

सुनको मुल्य आज कतिले बढ्यो ?



काठमाडौं, २८ पुस । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाका ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot